प्रचण्डको भाइ भएकै कारण मैले योगदान अनुसारको अवसर पाइन : नारायण दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्डको भाइ भएकै कारण मैले योगदान अनुसारको अवसर पाइन : नारायण दाहाल


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यताअनुसारको अवसर धेरै पटक गुमाउनुपरेको गुनासो गरेका छन् ।

राष्ट्रियसभा सदस्यको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिङ्गो परिवार जनयुद्धमा सामेल भएको बताए ।

दाहालले भने, ‘अध्यक्ष कमरेड र म एकैदिन होलटाइमर भएको बरु यस्तै कुराले गर्दा अध्यक्षको कारण मैले धेरै अवसर गुमाउनु परेको छ । हिजो जनयुद्धमा अध्यक्षको परिवार र मेरो छोरा बुहारी श्रीमती सबै जनयुद्धमा लागेका हौँ ।’

भरतपुरको मेयर प्रचण्डको छोरीलाई र सांसद भाइलाई दिएको भनेर आलोचना भइरहेको प्रश्नमा दाहालले भरतपुरमा गएर विकास हेर्न सुझाव दिए । उनले अब रेणु दाहाललाई माओवादीले होइन भरतपुरका जनताले खोजी गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस