काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ ।

आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आज (मंगलबार)देखि अनलाइन फाराम खोलिएको हो ।

वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।

परीक्षा पुलचोक इन्जिनियरिङ कलेजमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस