टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध


२९ चैत्र २०७८, मंगलबार


जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्रविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट वञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालनमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस