जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान


२८ चैत्र २०७८, सोमबार


अम्मान । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रूपमा जर्मनी लागेका हुन् ।

यहाँको रोयल हासे मित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गरेको बताएको छ ।

उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले जोर्डनको मन्त्रिपरिषद्को उपस्थितिमा यहाँको कार्यकारीका रूपमा शपथ लिएका छन् । सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएको छ ।

राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषद्ले उनलाई शपथ गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस