देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुस् : आरजु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुस् : आरजु


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । संविधान सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुपर्ने बताएकी छिन् ।

सोमबार नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘निर्भीक नारी’ का किनोट स्पिचका क्रममा देउवाले सबै महिला राजनीतिमा आउनुपर्ने बताएकी हुन् ।

अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको उल्लेख गर्दै उनले भनिन्, ‘निडर महिला हुनलाई म राजनीतिमा आएँ । देश विकास भएको देख्न चाहनुहुन्छ भने सबै महिलाहरू राजनीतिमा आउनुपर्छ ।’

त्यस्तै महिला र पुरुषको हुर्काइमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । हुर्काइदेखि नै महिला र पुरुषमा विभेद गरिने कुरा उल्लेख गर्दै देउवाले हुर्काइमा समानता भए धेरै सुधार हुने बताइन् ।

आफ्ना अभिभावकले आफूलाई दाजुभाइलाई झैँ नै हुर्काएको पनि उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस