विप्लवलाई चुनावमा सहभागी गराउन आयोगसँग सत्तारुढ दलका नेताहरूको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विप्लवलाई चुनावमा सहभागी गराउन आयोगसँग सत्तारुढ दलका नेताहरूको आग्रह


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन आयोगले भूमिका खेल्नुपर्ने सत्तारुढ दलका नेताहरूले आग्रह गरेका छन् ।

विप्लव नेतृत्वका नेताहरू निर्वाचनमा सहभागी हुन पाउँ भनेर आयोगमा पुग्दासमेत आयोगका पदाधिकारीले सकरात्मक भूमिका नखेलेको भन्दै काँग्रेस र माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय सूचना आयोगले सोमबार आयोजना गरेको ‘निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर र माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोगको आलोचना गरेका हुन् ।

केही दिन पहिले खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरूले प्रमुख निर्वाचन आयुक्त लगायतलाई भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस