काठमाडौँको मेयरमा बास्कोटा र उपमेयरमा तुलाधरलाई उठाउने विवेकशील साझाको निर्णय « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

काठमाडौँको मेयरमा बास्कोटा र उपमेयरमा तुलाधरलाई उठाउने विवेकशील साझाको निर्णय


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ ।

साझाले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नाराका साथ दुई जना महिला उम्मेदवार अघि सार्ने निर्णय सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।

बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

त्यस्तै तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न सङ्घ(सङ्गठनको नेतृत्वदायी भूमिकामा छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस