सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । सोमबार उनको अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको हो।

महानिरीक्षक खनालले अवकासमा गएसँगै निमित्त प्रमुखको जिम्मेवारी एआईजी पुष्पराम केसीलाई दिइएको छ

खनाल अवकाशमा गइरहँदा सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुङ्गो लगाउन सकेको छैन। स्थानीय तहको निर्वाचन नजिकिइरहेका बेला प्रमुख सुरक्षा निकायमध्ये सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुन लागेको हो। तर, सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुने छ।

हाल एआइजी रहेका दुई जनामध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने अवस्था छ।

२१ दिनका लागि नयाँ सशस्त्र प्रहरी महानिरीक्षकमा एआइजी पुष्पराम केसी र रामशरण पौडेलको दाबी छ। उनीहरू खनालकै ब्याच मेट हुन्।

उनीहरू उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदै छन्।

Tags :
प्रतिक्रिया दिनुहोस