मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा ५ लाख घुससहित पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा ५ लाख घुससहित पक्राउ


२८ चैत्र २०७८, सोमबार


जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् ।

जनकपुरधामको भानुचौकबाट आज (साेमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ ।

जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस