एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस


२८ चैत्र २०७८, सोमबार


हेटौँडा । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिका मेयरको उम्मेदवारका लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।

हिजो (आइतबार) बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकाङ्क्षी सबै जनाको नाम जिल्ला कमिटीमा पठाइएको हो ।

हेटौँडाको मेयर पदका लागि आकाङ्क्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।

महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।

यस्तै मेयरका अर्का आकाङ्क्षी पौडेल दोस्रो संविधानसभा सदस्य हुन् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् भने महर्जन यसअघि हेटौँडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए ।

मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् ।

सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई उपमेयरका लागि सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस