सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ


२८ चैत्र २०७८, सोमबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आइतबार एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका धामीबाट प्रहरीले से ४प ९५११ नंको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखेको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ ।

पक्राउ परेका धामीमाथि प्रहरीले कानुनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस