नारायणगढबाट कावासोती जाँदै गरेको बस दुर्घटना , २१ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढबाट कावासोती जाँदै गरेको बस दुर्घटना , २१ जना घाइते


२८ चैत्र २०७८, सोमबार


पूर्वी नवलपरासी । नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुवाहक बस हिजो (आइतबार) राति खरकट्टा जङ्गलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ जना सवार रहेको बसका २१ यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा परेका अधिकांश यात्रु कावासोती र डन्डाका रहेका छन् । उनीहरुको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

नारायणगढबाट कावासोती जाँदै गरेको ना ५ ख १४१६ को बस खरकट्टा जङ्गलमा दुर्घटनामा परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस