आइएमई पे र दराजबिच सम्झौता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइएमई पे र दराजबिच सम्झौता


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक श्रीजोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियानमा २०७८ चैत्र २८ को दिन देखि २०७९ वैशाख ७ को दिन सम्मको लागिआईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १०% छुट , रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक RUSH HOUR आधा–घण्टामा १०% छुट अधिकतम रु. ७५० सम्म हुने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरूलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस