सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन


२७ चैत्र २०७८, आइतबार


जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मन्त्री रोकायाले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् ।

उनले भने,‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा लाइसेन्स बाँडेको, लिखित परीक्षामा भद्रगोल भएर पारदर्शी परीक्षा हुन नसकेको र कसैकसैले ट्रायल पास नगरेर लाइसेन्स लिने गरेको जनगुनासो छ । यो राम्रो भएन ।’

मन्त्री रोकायाले लाइसेन्स वितरणको सुरुको प्रक्रियादेखि नै पारदर्शिता देखाउनसमेत यातायात व्यवस्था कार्यालय कार्यालय जुम्लाका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले ट्रायल फेल भएका व्यक्तिलाई लाइसेन्स नदिन र निष्पक्ष र पारदर्शी तरिकाले ट्रायल गर्ने वातावरण मिलाउन समेत सुझाए । उनले पहिलेको जस्तो गैर जिम्मेवार तरिकाले लाइसेन्स दिएको भेटिएमा तत्काल कारबाही प्रक्रियाअघि बढाउनेसमेत चेतावनी दिएका छन् ।

मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएको विकृतिले जुम्लाको बदनाम हुने गरेको स्मरण गराउँदै आगामी दिन रीत पुगेका बाहेकले लाइसेन्स लिएको भेटिएमा राम्रो नहुने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस