रिभर फल्सको आइपीओ खुला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रिभर फल्सको आइपीओ खुला


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु सात करोड बराबरको सात लाख कित्ता शेयर स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरेको जनाएको छ ।

साधारण शेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

निष्कासन गरिएको शेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैङ्कको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैङ्कको खाँदबारी शाखा, ग्लोबल आइएमी बैङ्कको खाँदबारी र चैनपुर शाखा, निष्कासन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रवर्द्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस