युक्रेन रुससँगको वार्ताका लागि ‘अझै तयार’ : जेलेन्स्की « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युक्रेन रुससँगको वार्ताका लागि ‘अझै तयार’ : जेलेन्स्की


२७ चैत्र २०७८, आइतबार


किभ । युक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए ।

बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ ।’

‘दुःखको कुरा, हामी समानान्तर रूपमा महत्त्वपूर्ण युद्धहरूको तयारी देख्छौँ, केही मानिसहरूले पूर्वमा निर्णायक युद्धहरू भन्छन्,’ उनले पूर्वी क्षेत्रमा रुसी आक्रमणको सङ्केत गर्दै भने ।

‘कूटनीतिज्ञद्वारा यस युद्धको अन्त्य गर्न हामी लड्न र समानान्तर रूपमा हेर्न तयार छौँ,’ उनले थपे ।

दुई पक्षबीच मार्च २९ मा अन्तिम पटक प्रत्यक्ष वार्ता भएको सो क्रममा यूक्रेनी वार्ताकर्ताहरुले तेस्रो पक्षबाट सुरक्षा प्रत्याभूतिको बदलामा तटस्थता स्वीकार गर्न तत्पर रहेको जनाएको बताइएको छ ।

जेलेन्स्कीले भने, ‘पूर्व र दक्षिणमा हामीले हाम्रो इलाकाको अर्को भागमा कब्जा गर्न तयार भएका हतियार, उपकरण तथा फौजहरूको एकाग्रता देखेका छौँ ।’

‘कुनै पनि नयाँ रुसी आक्रमणको नतिजा ‘विभिन्न कारकहरू’मा निर्भर हुनेछ,’ उनले भने । युक्रेनको शक्ति,साझेदारहरूले हामीलाई कति चाँडो हतियार आपूर्ति गर्छन् भन्नेमा रहेको बताए ।

उनले रुसी नेता भ्लादिमिर पुटिन अझै अघि बढ्ने देखिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस