प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । अविश्वास प्रस्ताव संसदबाट पास भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो ।

विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले पुनस्थापना गरिदिएसँगै गए राति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस