पाँचखपनका नगर प्रमुखद्वारा गाडी फिर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँचखपनका नगर प्रमुखद्वारा गाडी फिर्ता


२६ चैत्र २०७८, शनिबार


किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् ।

राईले प्रयोग गर्दै आएको को१ झ ५४० नंको स्कार्पियो गाडी फिर्ता गरेका हुन् ।

शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरे ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् ।

निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको राईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस