हलिउड अभिनेता विल स्मिथलाई ओस्करमा उपस्थित हुन प्रतिबन्ध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हलिउड अभिनेता विल स्मिथलाई ओस्करमा उपस्थित हुन प्रतिबन्ध


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षको ओस्करमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।

हालै ओस्कर समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

तर, किङ्ग रिचर्डको लागि उनले पाएको सर्वश्रेष्ठ अभिनेता पुरस्कार फिर्ता लिने वा वा भविष्यमा ओस्करमा मनोनीत हुन पाउने वा नपाउने भन्ने बारे स्पष्ट पारिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस