अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु


२६ चैत्र २०७८, शनिबार


न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १:४५ मा घटना भएको हो ।

घटनामा परी १६ वर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।

त्यसै गरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस