सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडा दर समायोजन गरेको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो ।

वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडा दर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

यस्तै बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा पनि बढाएको छ ।

सम्बन्धित समाचार : ट्याक्सी भाडा बढ्यो , वैशाख १ देखि लागू हुने (सूचीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस