रुसी राष्ट्रपति पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रुसी राष्ट्रपति पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध घोषणा


२६ चैत्र २०७८, शनिबार


लन्डन । युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

बेलायतले रुसी विदेशमन्त्री सर्गेई लाभरोभमाथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभका छोरीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।’

राष्ट्रपति पुटिनकी छोरी क्याटरिना भ्लादिमिरोभना टिखोनोभा,मारिया भ्लादिमिरोभना भोरोन्सोभा तथा विदेश मन्त्री सर्गेई लाभरोभकी छोरी येकाटेरिना सर्गेइभाना भिनोकुरोभालाई यात्रा प्रतिबन्ध लगाउँदै उनीहरूको बेलायतमा रहेको र सम्पत्ति जफत गरिने निर्णयमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस