बारमा सत्ता गठबन्धनको प्यानलै विजयी (मत परिणामसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बारमा सत्ता गठबन्धनको प्यानलै विजयी (मत परिणामसहित)


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् ।

घिमिरे नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक थिए ।

घिमिरेले ४४७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत पाएका छन् । त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ १२३, अधिवक्ता पृथ्वीनाथ राई १४२, अधिवक्ता अनिता जधारी ७३, अधिवक्ता उत्तम बहादुर श्रेष्ठ ३७, अधिवक्ता कमलप्रसाद मलेगो २८ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले ४५ मत प्राप्त गरेका छन् ।

बारको चैत १९ गते काठमाडौँसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।

पूर्ण नतिजासहित :

Tags :
प्रतिक्रिया दिनुहोस