गण्डकी प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका ४ पदाधिकारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका ४ पदाधिकारी


२५ चैत्र २०७८, शुक्रबार


पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् ।

चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम पदाधिकारीलाई बुधबार स्पष्टीकरण पत्र थमाइएको थियो ।

अध्यक्षसहित चार जना पदाधिकारीलाई संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठनादेश २०७७ बमोजिम अध्यक्षबाट हटाउने निर्णय गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस