कङ्गोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कङ्गोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते


२५ चैत्र २०७८, शुक्रबार


किन्सासा । कङ्गोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

कङ्गोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो विस्फोट भएको थियो ।

बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेस्टुरेन्टमा पनि ठुलो क्षति पुगेको छ ।

कङ्गोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन्। उनले भनेका छन् – घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले दिए । मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गरेका छन्। यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस