बतास समूहले रोक्यो सरकारी टोली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बतास समूहले रोक्यो सरकारी टोली


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ ।

सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका छन् । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका हुन् ।

गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केही बेर भनाभन समेत भएको छ ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सरकारी प्रतिनिधिसहितको टोली आज (शुक्रबार) होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस