स्टाफ नर्सदेखि सब इन्जिनियरसम्म दरखास्त आह्वान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्टाफ नर्सदेखि सब इन्जिनियरसम्म दरखास्त आह्वान


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, सब इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), अ .सब इन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सब इन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।

यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउनेछ।

सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालिकोट र जुम्लामा १४-१४ जना तथा मुगु, डोल्पा र हुम्लामा १५-१५ जना मागिएको छ।

योग्यता पुगेका १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन कुनै शुल्क लाग्नेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस