आजबाट उपकार लघुवित्तको आईपीओ बिक्री खुला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजबाट उपकार लघुवित्तको आईपीओ बिक्री खुला


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रबार) बाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो ।

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको दुई लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा चैत २९ र ढिलोमा ०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस