काठमाडौँ सिडिओद्वारा मतदान केन्द्रको निरीक्षण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ सिडिओद्वारा मतदान केन्द्रको निरीक्षण


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् । 

बिहीबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो। सो क्रममा दक्षिणकाली नगरपालिकास्थित १५ वटा मतदान स्थल र २६ वटा मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । 

काठमाडौँ महानगरपालिकाका वडा नम्बर २¸ ३ र २९ लगायतका मतदान स्थल र केन्द्रको निरीक्षण गरेको टोलीले तारकेश्वर नगरपालिकाका समेत गरी १० वटा मतदान स्थलको स्थलगत निरीक्षण गरिसकेको छ।

चुनावअघि जिल्लाका सबै मतदान केन्द्रहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस