स्थानीय चुनाव दलीय आधारमा हुनुहुन्न : त्रिपाठी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय चुनाव दलीय आधारमा हुनुहुन्न : त्रिपाठी


२४ चैत्र २०७८, बिहिबार


बुटवल । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने बताएका छन् ।

भैरहवामा बिहीबार (आज) आयोजित पत्रकार भेटघाटमा अध्यक्ष त्रिपाठीले सङ्घ र प्रदेशको चुनाव दलीय आधारमा उचित भए पनि स्थानीय चुनाव दलीय आधारमा गर्न नहुने बताए । उनले स्थानीय चुनावमा आफ्नो दल एक्लै लड्ने समेत बताएका छन् ।

अर्थतन्त्र सङ्कटमा परेकोले दलहरूले समयमै विचार नपुर्‍याए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस