काँग्रेसले वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

बिहीबार बसेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको बैठकले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदै छ ।

महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले पहिला सानो टिम बनाएर छलफल गरेर समेट्नुपर्ने विषय सङ्कलन गर्ने र त्यसपछि सबै मस्यौदा एकीकृत गरेर अन्तिम रूप दिने गरी कार्य विभाजन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस