महन्थ ठाकुर डिस्चार्ज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महन्थ ठाकुर डिस्चार्ज


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बुधबार भैरहवामा अस्वस्थ भएर हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर मेडिसिटी अस्पताल भर्ना भएका ठाकुर आज डिस्चार्ज भएका हुन् ।

ठाकुरको रगतमा अक्सिजन कम देखिएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याएर उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई कुनै गम्भीर समस्या नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस