स्थानीय चुनावमा गठबन्धन हुन्छ : मन्त्री आले « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्थानीय चुनावमा गठबन्धन हुन्छ : मन्त्री आले


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् ।

छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।’ मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गरे ।

उनले भने, ‘गठबन्धन दुवै पक्षलाई आवश्यक छ ।’ कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस