शुक्रवारदेखि काठमाडौँमा सिइओ सम्मेलन २०२२ सञ्चालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शुक्रवारदेखि काठमाडौँमा सिइओ सम्मेलन २०२२ सञ्चालन


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा सिइओ सम्मेलन २०२२ शुक्रवारदेखि काठमाडौँमा सञ्चालन हुने भएको छ ।

नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले २५ र २६ चैतमा यस्तो सम्मेलन हुन लागेको जनाएको छ । सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नेछन् ।

सो अवसरमा अर्थविद् डा. विश्वास गौचन र प्रा.डा. महानन्द चालिसेले कार्यपत्र प्रस्तुत गर्ने सङ्घले जनाएको छ ।

म्यानका अनुसार यस अवसरमा बैङ्क तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटेर रिइन्जिनियरिङ म्यानेजमेन्ट स् भर्साइभल–रिभाइभल एन्ड ग्रोथ विषयमा सिइओ सम्मेलन हुन लागेको छ ।

संस्थाका कार्यकारी निर्देशक अनिल उपाध्यायका अनुसार सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनले नेपालको व्यवस्थापन क्षेत्रले थप उचाइ प्राप्त हुने उनको भनाइ छ ।

यस वर्षको सिइओ सम्मेलनमा विभिन्न पेसा तथा व्यवसायमा संलग्न ३ सय भन्दा धेरै सीईओले भाग लिने भएका छन् । शनिवार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले म्यानेजमेन्ट अवार्ड वितरण गर्ने कार्यक्रम छ ।

यस वर्ष म्यानले विभिन्न तीन विधामा अवार्ड दिने भएको छ । सङ्घमा नयाँ नेतृत्वका लागि समेत शनिवार नै निर्वाचन हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस