२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगर १३ नम्बर स्थित कालीमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ ।

१३ नम्बर वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार आज बिहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयवासीले खबर गरेका थिए ।

वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरूको उत्साह जगाउनको लागि भगवान् कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास छ ।

ढुङ्गाले बेनेका २ फुटको मूर्ति हराएको विषयमा प्रहरीलाई खबर गरिसकेता पनि अहिलेसम्म थप जानकारी केही नआएको मानन्धरले बताए । मूर्ति चोरी भएको स्थानमा स्थानीयबासीहरुको भीड लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस