मन्त्री बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्री बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन् ।

यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताए ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी हेरफेर गरेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस