नुवाकोट काँग्रेसका पूर्व उपसभापति थापा एमालेमा प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नुवाकोट काँग्रेसका पूर्व उपसभापति थापा एमालेमा प्रवेश


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी आज (बिहीबार) बिहान एमाले प्रवेश गरे हुन् ।

उनीसहित काँग्रेसका अर्का नेता भगवान् पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुन् । नुवाकोटमा २०५४ मा अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उनी काँग्रेसबाट विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस