प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोप अभियानको उद्घाटन गरेका छन् ।​

रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

आज (बिहीबार) देखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदै छ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका झन्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस