ललितपुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ललितपुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


२४ चैत्र २०७८, बिहिबार


बालक

काठमाडौँ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले हिजो (बुधबार) साँझ साढे ५ बजे ठक्कर दिँदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस