औचित्यका आधारमा गठबन्धन हुन्छ : डा. कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

औचित्यका आधारमा गठबन्धन हुन्छ : डा. कोइराला


२४ चैत्र २०७८, बिहिबार


मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका छन्।

विराटनगर विमानस्थलमा हिजो (बुधबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पारे । नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र नेकां केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न भएको सहमति सुन्दर पक्ष हो भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गरे ।

एक प्रश्नको जवाफमा नेता कोइरालाले नेविसङ्घ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी सभापतिको अधिकार भएको हो र त्यसमा कुनै विरोध नरहेको बताए ।

मुलुकको अर्थतन्त्र जोगाउन विलासिताको सामानलगायत सुपारी, मरीच, मटर र छोकडाको आयात बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस