बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन


२३ चैत्र २०७८, बुधबार


बुटवल । नेपाल मगर युवा सङ्घको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो । बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।

विरोध सभा कार्यक्रममा नेपाल मगर सङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्क बहादुर बाह्र घरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणबद्ध आन्दोलन गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस