सिन्धुलीमा मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिन्धुलीमा मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते


२३ चैत्र २०७८, बुधबार


सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सवार गाडीले ठक्कर दिँदा सिन्धुलीमा एक जना घाइते भएका छन्।

बुधबार बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ६ घुमाउने चैनपुरमा मन्त्री श्रेष्ठ सवार बा २ झ ४१२९ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका ४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते दाहालको उपचारका लागि धुलीखेल अस्पताल लगिएको छ । मन्त्री श्रेष्ठ काठमाडौँबाट रामेछापतर्फ जाँदै थिए । मन्त्री सवार गाडीको स्पिड बढी रहेको र ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस