ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरमा काठमाडौँ लगियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरमा काठमाडौँ लगियो


२३ चैत्र २०७८, बुधबार


बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको थियो ।

ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएको डा। सिद्धार्थ पाण्डेले बताए । अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौँ रेफर गरिएको हो ।

ठाकुरलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता महेन्द्र गुप्ताले बताए । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस