‘सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याइने’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याइने’


२३ चैत्र २०७८, बुधबार


कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्‍याइने बताएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीन वटै तहको चुनावसम्म कायम रहने बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे ।

कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले समेत आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस