एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वरिष्ठता क्रम र कार्य क्षमताको आधारमा नभई गैर कानुनी रूपमा बढुवा गरेको उल्लेख गर्दै यही चैत १७ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश जङ्ग कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

मन्त्रिपरिषद्ले डिआइजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस