थप २४ जनामा सङ्क्रमण, ५१ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप २४ जनामा सङ्क्रमण, ५१ जना सङ्क्रमणमुक्त


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ८१२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस