काँग्रेस, माओवादी र जसपाबाट निर्वाचित तीन स्थानीय तहका उपप्रमुख एमालेमा प्रवेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस, माओवादी र जसपाबाट निर्वाचित तीन स्थानीय तहका उपप्रमुख एमालेमा प्रवेश


२२ चैत्र २०७८, मंगलबार


वीरगन्ज । स्थानीय निर्वाचनको मुखैमा पर्साको दुई वटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मङ्गलवार (आज) वीरगञ्जमा आयोजित कार्यक्रमका बिच उनीहरू एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता पनि सहभागी थिए ।

एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी छन् । यादव नेपाली काँग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि छिन् ।

कार्यक्रममा विभिन्न दल त्यागेर एमाले रोजेका जिल्ला र पालिका स्तरीय नेताहरूलाई स्वागत गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस