छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन दबाब « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन दबाब


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । यातायात व्यवसायीले छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई दबाब दिने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल छोटो दूरीका सवारीको भाडा बढाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘लामो दूरीको भाडा दर समायोजन भएको छ । अब छोटो दूरीको हकमा प्रदेशले तत्काल भाडा बढाउनुपर्छ । सरकारले हाम्रा मागलाई हल्का रूपमा लिएको छ । हाम्रोजस्तो देशमा इलेक्ट्रिोनिक भेहिकल चलेको छैन । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई बढी प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।’

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा नबढाएको भन्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । प्रदेश सरकारले यसअघि बढाएको भाडादरमा व्यवसायीले दुई रुपैयाँ बढी भाडा असुल्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस