स्थानीय तह निर्वाचन : तत्काल उम्मेदवारको टुङ्गो नलगाउन काँग्रेसको सर्कुलर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचन : तत्काल उम्मेदवारको टुङ्गो नलगाउन काँग्रेसको सर्कुलर


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि काँग्रेसले तत्काल उम्मेदवारको टुङ्गो नलगाउन सर्कुलर गरेको छ ।

केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथाशक्य उम्मेदवारको टुङ्गो लगाउन सर्कुलर गरेको थियो । तर, सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेपछि तत्काल उम्मेदवारको टुङ्गो नलगाउन सर्कुलर गरिएको हो ।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ ।

विधानअनुसार काँग्रेसले मनोनयन गर्नुभन्दा एक महिना अगावै उम्मेदवारको टुङ्गो लगाइसक्नुपर्ने थियो । तर, यसअघि वैशाख १ गतेसम्ममा उम्मेदवारको टुङ्गो लगाइसक्न निर्देशन गरे पनि फेरि तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।

विधानअनुसार वडाध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुङ्गो लगाउने व्यवस्था छ ।

त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र माथिल्लो तहले टुङ्गो लगाउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस