प्रदेश १ : खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १ : खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त


२२ चैत्र २०७८, मंगलबार


विराटनगर । प्रदेश १ मा प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गरेको हो ।

सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले बोर्डको उपाध्यक्ष जीना कार्की (विराटनगर, मोरङ) र सदस्य सचिव हंशराज वाग्ले (ज्यामिरे, ओखलढुङ्गा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रूपमा तोक्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस